
होम प्रसाद नेउपाने, धरान, सुनसरी
१.
प्रेमको उघार्नू ढोका
सारा प्रकाश फैलियोस्
नपरोस् कसैमा धोका ।
२.
रहेछ जीवन अमिलो
निष्ठुरी रहेछ पानी
बगरको प्यासी कमिलो ।
३.
मैले कविता लेखेँ
उनले भनिन् झिल्का
तोरीको फूल देखेँ ।
४.
अमृत भन्छन् माया
पिउँदा नबनोस् विषालु
पुर्लुक्क ढल्ला काया ।
५.
कोही प्रभुका प्यारा
प्रभुकै साथमा लुक्छन्
देखाएर सेता दाह्रा ।
६.
बुढो हात्ती पाल्नू
अजिङ्गरको मुख हेरेर
क्रान्तिकारी कदम चाल्नू ।
७.
उनी बादलमा थिइन्
मैले चौतारीबाट हेर्दाहेर्दै
हावामा भइन् बिलिन् ।
८.
कुकर्मको काम गरियो
तिनै कामको परिणामले
नराम्ररी तल झरियो ।
९.
उपदेश दिनलाई सजिलो
कठिनाइको पहाड चढ्दा
दुखिरहन्छ मनको पिलो ।
१०.
मेटिँदैन भाग्यमा लेखेको
कर्मले बनाउँछ भाग्य
उज्यालो भविष्य देखेको ।
वि.सं.२०८१ चैत २ शनिवार ०४:४३ मा प्रकाशित