back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८१ चैत २ शनिवार

2.7K 

shares

होम प्रसाद नेउपाने, धरान, सुनसरी

१.
प्रेमको उघार्नू ढोका
सारा प्रकाश फैलियोस्
नपरोस् कसैमा धोका ।

२.
रहेछ जीवन अमिलो
निष्ठुरी रहेछ पानी
बगरको प्यासी कमिलो ।

३.
मैले कविता लेखेँ
उनले भनिन् झिल्का
तोरीको फूल देखेँ ।

४.
अमृत भन्छन् माया
पिउँदा नबनोस् विषालु
पुर्लुक्क ढल्ला काया ।

५.
कोही प्रभुका प्यारा
प्रभुकै साथमा लुक्छन्
देखाएर सेता दाह्रा ।

६.
बुढो हात्ती पाल्नू
अजिङ्गरको मुख हेरेर
क्रान्तिकारी कदम चाल्नू ।

७.
उनी बादलमा थिइन्
मैले चौतारीबाट हेर्दाहेर्दै
हावामा भइन् बिलिन् ।

८.
कुकर्मको काम गरियो
तिनै कामको परिणामले
नराम्ररी तल झरियो ।

९.
उपदेश दिनलाई सजिलो
कठिनाइको पहाड चढ्दा
दुखिरहन्छ मनको पिलो ।

१०.
मेटिँदैन भाग्यमा लेखेको
कर्मले बनाउँछ भाग्य
उज्यालो भविष्य देखेको ।

वि.सं.२०८१ चैत २ शनिवार ०४:४३ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...