back

गजल

वि.सं.२०८१ चैत २ शनिवार

618 

shares
GLOBAL IME AD
NTC AD

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया

लुट्दै छ देश मेरो उस्को सफर छ बेग्लै ।
मागेर भोट भुल्दै हिँड्ने डगर छ बेग्लै ।।

गन्दैन आजभोलि नेता बनेर जनता
के को विकास हुन्थ्यो लुट्ने रहर छ बेग्लै ।

छन् विघ्न घात गर्दै यो राष्ट्रभित्र मान्छे
ताकेर मात्र कुर्सी हेर्ने नजर छ बेग्लै ।।

सोच्दैन किन्तु कोही यो जिन्दगी छ पलको
के लालसा छ यत्रो मर्ने खबर छ बेग्लै ।

हे देशका पुजारी बानी सुधार आफ्नो
सेवक बने मुलुकको तिम्रो कदर छ बेग्लै ।।

बहर – मुजारे मुसम्मन अखरब मगजुफ
अर्कान – मफऊलु फाइलातुन् मफऊलु फाइलातुन्
वजन – २२१ – २१२२ – २२१ – २१२२
अभ्यास – स्वर्ण पाठशाला

वि.सं.२०८१ चैत २ शनिवार ०४:४५ मा प्रकाशित

गजल

गजल

पढ्नलाई स्कूल छैन यहाँ दुई कोस टाढा हिँड्नुपर्छ अघि नै...

लघुकथा : साख

लघुकथा : साख

वसन्त अनुभव,वसन्तविहार, घोराही दाङ रामभरोसे सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिकाहरूको भिड आफ्नो...

कविता : नयाँवर्षको शुभेच्छा

कविता : नयाँवर्षको शुभेच्छा

स्वर्ण शिखा, दाङ ।१। घृणित भाव हटुन् नववर्षमा ग्रह खराब...

कविता : अन्तिम इच्छा

कविता : अन्तिम इच्छा

हरिभक्त सिग्देल ’ महेश’, काठमाडौं ।१। शारीरिक छ यो मृत्यु...

गजल

गजल

टीकासुदिस निरौला, विराटनगर तिमीलाई भन्थेँ नजिक छौ यो मनको खुसी...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर सधैं तिम्रो अनुहार किन आउँछ सानु...