back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत २ शनिवार

1.1K 

shares

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया

लुट्दै छ देश मेरो उस्को सफर छ बेग्लै ।
मागेर भोट भुल्दै हिँड्ने डगर छ बेग्लै ।।

गन्दैन आजभोलि नेता बनेर जनता
के को विकास हुन्थ्यो लुट्ने रहर छ बेग्लै ।

छन् विघ्न घात गर्दै यो राष्ट्रभित्र मान्छे
ताकेर मात्र कुर्सी हेर्ने नजर छ बेग्लै ।।

सोच्दैन किन्तु कोही यो जिन्दगी छ पलको
के लालसा छ यत्रो मर्ने खबर छ बेग्लै ।

हे देशका पुजारी बानी सुधार आफ्नो
सेवक बने मुलुकको तिम्रो कदर छ बेग्लै ।।

बहर – मुजारे मुसम्मन अखरब मगजुफ
अर्कान – मफऊलु फाइलातुन् मफऊलु फाइलातुन्
वजन – २२१ – २१२२ – २२१ – २१२२
अभ्यास – स्वर्ण पाठशाला

वि.सं.२०८१ चैत २ शनिवार ०४:४५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...