
सञ्जना शर्मा,लमही दाङ
सूनिदैन कतै आजभोलि ताली
युवा परदेश गाउँ भयो खाली ।
यो देशमा बसौं केही छैन भन्दै
खाडीमा गएर सहेका छन् गाली ।
डिग्री छ हातमा केही छैन काम
कोही बाध्यताले बनिदिए माली।
खेती गर्ने मन नहुँदा कसैको
कहाँ गए आज त्यो हलो र फाली।
जता हेर्यो उतै छ बैराग लाग्दो
न बगेको झरना न फुलेको डाली।
वि.सं.२०८१ चैत २ शनिवार ०४:४८ मा प्रकाशित