back
CTIZAN AD

चारु

वि.सं.२०८१ चैत २ शनिवार

912 

shares

नीता गुरुङ,गुवाहाटी, असम, भारत

स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर के हुन्छ,
धर्मस्थलमा राजनीतिको गीत गाएर के हुन्छ ।

श्रद्धा भक्ति र सेवाले हुन्छ मन्दिरको निर्माण,
गुटबन्दी गर्दै राजनेतासरि यहाँ आएर के हुन्छ।

आफ्नो योग्यता आफैले बुझिदिए ठीक होला,
अयोग्य  हुनेले सङ्गठनमा पद पाएर के हुन्छ ।

जब मन नै शुद्ध छैन भने, ईष्र्या द्वेषले भरेछ भने,
हातमा माला फेरेर चन्दनको टीका लाएर के हुन्छ ।

सुन्दर ,सभ्य समाजको स्थापनागर्ने क्षमता नभए
पद लिएर बसी झूठो कसम खाएर के हुन्छ।

वि.सं.२०८१ चैत २ शनिवार ०४:५२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...