
मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
मलामी आएका वृद्धा रहस्यात्मक थिए । अझ उनले ओकलेका शब्दहरू झन बुझ्न कठिन ।
“विचराले जीवन भरी बाँध्न खोज्यो अहिले यो हविगत भयो” , वृद्धाको पछिल्ला शब्दहरू सुनेर मन टाठो भयो ।
“कसरी ?”
मेरो प्रश्नमा उनी एकसुरले बोल्दै गए , “उसको हरेक चाल, हरेक प्रयास एउटै हुन्थ्यो र प्रत्येक भेटमा भन्ने गथ्र्यो, ‘तिमीले बेच्यौ मैले खरिद गरेँ । उसका यी बचनले मेरा बँचेखुचेको केही थोरै सम्मानलाई जिस्क्याइरहेको भान हुन्थ्यो ।”
“बा, तपाईँका कुरा रहस्यात्मक छन्, प्रष्ट भन्नुस् न । उसले के बाँध्न खोजेको, के खरिद गर्न खोजेको ?” मैले झन खोतल्न थालेँ ।
चिम्सो आँखा बनाउँदै वृद्धाले भने – “समय”
वि.सं.२०८१ चैत २ शनिवार ०४:५५ मा प्रकाशित