back
CTIZAN AD

लघुकथा : तृषा

वि.सं.२०८१ चैत २ शनिवार

2.9K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

मलामी आएका वृद्धा रहस्यात्मक थिए । अझ उनले ओकलेका शब्दहरू झन बुझ्न कठिन ।

“विचराले जीवन भरी बाँध्न खोज्यो अहिले यो हविगत भयो” , वृद्धाको पछिल्ला शब्दहरू सुनेर मन टाठो भयो ।

“कसरी ?”

मेरो प्रश्नमा उनी एकसुरले बोल्दै गए , “उसको हरेक चाल, हरेक प्रयास एउटै हुन्थ्यो र प्रत्येक भेटमा भन्ने गथ्र्यो, ‘तिमीले बेच्यौ मैले खरिद गरेँ । उसका यी बचनले मेरा बँचेखुचेको केही थोरै सम्मानलाई जिस्क्याइरहेको भान हुन्थ्यो ।”

“बा, तपाईँका कुरा रहस्यात्मक छन्, प्रष्ट भन्नुस् न । उसले के बाँध्न खोजेको, के खरिद गर्न खोजेको ?” मैले झन खोतल्न थालेँ ।

चिम्सो आँखा बनाउँदै वृद्धाले भने – “समय”

वि.सं.२०८१ चैत २ शनिवार ०४:५५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...