back

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

वि.सं.२०८१ चैत ६ बुधवार

96 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा उनले तनहुँका कतिपय पयटकीय स्थल विश्वमा परिचित रहेकाले भानु जन्मस्थल चुँदिरम्घा, थानीमाई, मिर्लुङकोट, बन्दीपुर र देवघाटको सम्बद्र्धन र विकासका लागि सरकारसँग अनुरोध गरे ।

सांसद मायाप्रसाद शर्माले काठमाडौँको झोर क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट करिब रु २५ करोड रकम बरामद भएको घटनालाई सरकारले निष्पक्ष रूपमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग गरे । सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब रु २५ करोड नगदसहित एकजनालाई पक्राउ गरेको थियो ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव डा सङ्गीता कौशल मिश्रमाथि सरकारले विभेद गर्न नहुने धारणा राखे ।

सांसद शारदादेवी भट्टले नेपाल विद्य्त् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङका सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले राष्ट्रियसभामा जानकारी गराउनुपर्ने माग गरे । उनले भने, “एक जना कर्मचारीको कारणले मुलुकमा लोड सेडिङको अन्त्य भयो भन्दैगर्दा लोड सेडिङ अन्त्य गर्न कुन सरकारले के भूमिका निर्वाह गरेको छ भन्ने विषय आमनागरिकले जानकारी पाउनुपर्छ ।”

सांसद सुमित्रा विसीले धादिङसहित मुलुकका विभिन्न जिल्लामा आगालागीका घटना भइरहेका भन्दै वन कार्यालयसहित सरोकार भएका निकायलाई सचेत हुँदै नियन्त्रणमा लाग्न आग्रह गरिन् । उनले भोलिदेखि सुरु हुने एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकार भएकालाई अनुरोध गरिन् ।

 

वि.सं.२०८१ चैत ६ बुधवार १७:०४ मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...