back
CTIZAN AD

तीन महिनापछि दक्षिण कोरियाका राष्ट्रपतिको पुनर्बहाली

वि.सं.२०८१ चैत ११ सोमवार

864 

shares

काठमाडौँ । असफल सैनिक ‘कू’को प्रयासपछि महाभियोग लगाइएका दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिलाई अदालतले पुनर्बहाली गराएको छ । दक्षिण कोरियाको संसदले राष्ट्रपति युन सुक योललाई महाभियोग लगाएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यवाहक राष्ट्रपति बनेका थिए ।

राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै दक्षिण कोरियाली संसदले कार्यवाहक राष्ट्रपति बनेका हान डक सूलाई पनि महाभियोग लगाएको थियो । त्यसको तीन महिनापछि संवैधानिक अदालतले निर्णय सुनाउँदै हान डक सुलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको लगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनले भने, ‘बदलिँदो विश्व परिस्थितिकाबीच दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान अब हामी सँगै काम गर्नेछौं ।’
समाचारमा बताइएअनुसार सोमबार संवैधानिक इजलासका ८ मध्ये पाँचजना न्यायाधीशले महाभियोगको प्रस्ताव वैध भएको तर कार्यवाहक जिम्मेवारीमा रहेका हानलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार नरहेको निर्णय गरेका थिए ।

वि.सं.२०८१ चैत ११ सोमवार ११:४२ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...