back
CTIZAN AD

ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण गर्न स्थानीयको माग

वि.सं.२०८१ चैत १३ बुधवार

600 

shares

फुङ्लिङ (ताप्लेजुङ) । नेपाल-चीन व्यापार प्रवद्र्धनका लागि सुक्खा बन्दरगाह निर्माण गर्न ओलाङचुङ्गोलाका स्थानीयले माग गरेका छन् । फक्ताङलुङ गाउँपालिका-७ वडाध्यक्ष छेतेन लामाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आग्रह गरेका हुन् ।

ओलाङचुङ्गोलाका मवाटार क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिले मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्त परियोजना समावेश गर्न आग्रह गरेको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलद्वारा पठाइएको पत्रमा व्यापारजन्य पूर्वाधार विकास गर्दै मुलुकको आर्थिक गतिविधि प्रवद्र्धन गर्न सुक्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीजस्ता संरचनाको विकास आवश्यक रहेको उल्लेख गरिएको छ । ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने सडक निर्माण भइसकेको र उत्तर-दक्षिण व्यापारिक मार्गका रूपमा सबैभन्दा छोटो दूरीको सडक भएकाले सो क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने समितिको निष्कर्ष छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले सन् २०७८/७९ मा सो नाकाको पूर्वसम्भाव्यता अध्ययन पूरा गरी प्राप्त प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको जनाएको छ । फक्ताङलुङ गाउँपालिका-७ कार्यालयले आवश्यक जग्गा उपलब्ध रहेको जानकारी दिँदै सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि अनुरोध गरेको छ ।

समितिले सकारको आगामी वर्षको नीति तथा कार्यक्रममा ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माण परियोजना समावेशका साथै त्यसनिम्ति बजेट विनियोजन गर्न आग्रह पनि गरेको छ । रासस/फाइल फोटो

वि.सं.२०८१ चैत १३ बुधवार ११:१० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...