काठमाडौं । आज दिउँसो तीनकुनेको भवनमा लागेको आगोमा परि एक जना पत्रकारको मृत्यु भएको छ ।
आगो लागेको भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
वि.सं.२०८१ चैत १५ शुक्रवार १९:१३ मा प्रकाशित






























