back
CTIZAN AD

दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा, सजगता अपनाउन अनुरोध

वि.सं.२०८१ चैत १६ शनिवार

570 

shares

देउखुरी (दाङ) । दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

पछिल्ला वर्षमा दाङका विभिन्न ठाउँमा डढेलो लाग्दा वन क्षेत्रमा ठूलो क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । यहाँका वनमा आगो लाग्न सुरु भएको छ । लामो खडेरीले पातपतिङ्गर सुक्दा तथा हावाहुरीका कारण वन क्षेत्रमा अहिले आगलागीका घटना बढ्न थालेका छन् । कार्यालयका अनुसार गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । घोराही उपमहानगरपालिकाको वडा नं ३ र ५ का वन क्षेत्र तथा लमही नगरपालिकाको वडा नम्बर ६ को वन क्षेत्रमा डढेलो लागेको छ ।

जिल्लामा शून्य वन डढेलो अभियान चलाएर सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइए पनि विगत वर्ष जस्तै यस वर्ष पनि राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीका घटना सुरु भएका छन् । डिभिजन वन कार्यालयका अनुसार यस वर्षको वसन्त ऋतुमा अत्यधिक गर्मी र सुक्खा मौसमका कारण वन डढेलोका घटना तीव्र रूपमा वृद्धि भएका निमित्त डिभिजनल वन अधिकृत मदनप्रसाद ढुङ्गानाले बताए ।
डढेलोको उच्च जोखिम रहेका क्षेत्रमा जिल्लाको बबई, दङ्गीशरण, घोराहीका वडा नं २, ३ र ५, राप्ती नदी आसपासका वन, बङ्गलाचुलीको ८ नम्बर वडा, गढवा गाउँपालिकाको सालको वनमा समेत वन डढेलोको जोखिम रहेको ढुङ्गानाल बताए ।

डढेलो नियन्त्रणका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्वयंसेवक सक्रिय रहे पनि मानवीय लापरबाहीका कारण वनमा आगलागी बढेको उनले बताए । जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, सामुदायिक वन समूह, उपभोक्ता समूह, डढेलो नियन्त्रण दस्तासँग डढेलो रोकथामका लागि समन्वयात्मक योजना पनि बनाउने गरिएक पनि वनमा आगलागी भइहालेमा नियन्त्रणका लागि पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ ।

डढेलो नियन्त्रणका लागि प्रचारप्रसारका कार्यक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा, अग्निरेखा निर्माण र मर्मतलगायत कार्यक्रम नियमितजसो भइरहे पनि वन डढेलो नियन्त्रणमा सधैँ चुनौती हुने गरेको डिभिजन वन कार्यालयका वन अधिकृत टेकन आचार्यले बताए ।

उनले भने “डढेलोले हुने क्षतिका बारेमा चेतनामूलक कार्यक्रम गर्दै आएका छौँ ।” वनमा च्याउ, जडीबुटी र अन्य पालुवा उमार्नुपर्ने तथा वनमा डढेलो लगाउनेको पहिचान गरी कारबाही गर्नुपर्ने उनको भनाइ छ । वन क्षेत्रमा आगो लगाउँदा घाँसपातका पालुवा चाँडै पलाउने र वर्षायाममा जङ्गली च्याउ उत्पादनमा वृद्धि हुने गलत सोचाइ राखेर स्थानीयले वनमा डढेलो लगाउने गर्दा यो समस्या धेरैजसो हुने गरेको आचार्यको भनाइ छ । आचार्यले बनक्षेत्रमा आगलागी हुन गतिबिधि नगर्न र सजगता अपनाउन समेत अनुरोध गरेका छन् ।

 

वि.सं.२०८१ चैत १६ शनिवार १३:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...