back
CTIZAN AD

चैत शुक्लपक्ष सुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

वि.सं.२०८१ चैत १७ आइतवार

783 

shares

 

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको छ । यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ । यसपालि वासन्ती नवरात्रभित्रै इस्लाम धमावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा यहाँको परिवेश पर्वमय बनेको हो ।

हिन्दू परम्पराका मैथिल अहिले वासन्ती नवरात्रको तयारीमा छन् । चैत शुक्ल प्रतिपदासँगै सुरु हुने वासन्ती नवरात्रका अवसरमा मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा आज घटस्थापना गरिँदै छ ।

चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन मनाइने वासन्ती नवरात्रमा दिनैपिच्छे नवदुर्गाको पूजाआराधनाको मैथिल परम्परा छ । हिन्दू परम्परामा वर्षको दुईपटक नवरात्र मनाइन्छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको लाई वासन्ती नवरात्र भनिन्छ । दुवै नवरात्रमा समान विधिले नवदुर्गा भवानीको आराधना गरिन्छ ।

शारदीय नवरात्रपछि दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने चलन भने वासन्ती नवरात्रमा छैन । नवरात्रको पहिलो दिन नयाँ माटाका घडामा पूर्णकलश स्थापना गरेर नवदुर्गाको आराधनासँगै चण्डी पाठको परम्परा छ । यी नौ दिनमा देवी दुर्गाका नौ रुप क्रमशः शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ ।

नवरात्रको प्रारम्भसँगै मिथिलाका देवी शक्तिपीठमा देवीका भजन गुञ्जन थालेका छन् । महोत्तरीका बर्दिबासस्थित पञ्चधुरा माई मन्दिर, औरहीको भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माई मन्दिरमा वासन्ती नवरात्रका अवसरमा विशेष पूजाआराधनाको तयारी छ । जलेश्वरनाथ महादेव मन्दिर परिसरस्थित त्रिशूली देवीको मन्दिर पनि आजदेखि सर्वसाधारणको दर्शनका लागि खुला गरिने छ । त्रिशूलीदेवीको मन्दिर शारदीय र वासन्ती दुवै नवरात्र अवधिभरिमात्र सर्वसाधारणको दर्शनका लागि खोलिने परम्परा छ ।

मिथिलामा वासन्ती नवरात्रभित्रै बोलीचालीमा चैतीछठ भनिने वासन्ती छठको पनि तयारी छ । मैथिल हिन्दू परम्परामा छठ पनि शारदीय र वासन्ती गरी दुईपटक मनाइन्छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्मको तिथिलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्मलाई वासन्ती छठ भनिन्छ । यसपालि यसै नवरात्रभित्र इस्लाम धर्मावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा मिथिला क्षेत्र अहिले पर्वमय बनेको छ । रासस

वि.सं.२०८१ चैत १७ आइतवार ०७:३२ मा प्रकाशित

प्रहरी कारबाहीबाट राजस्व सङ्कलन

प्रहरी कारबाहीबाट राजस्व सङ्कलन

काठमाडौँ । पछिल्लो २४ घण्टामा राज्यकोषमा रु २७ लाख ३६...

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले संघीय संसद्मा पेस गरेको...

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सहज बन्दै बुटवल–नारायणगढ सडक यात्रा

सिद्धार्थनगर (भैरहवा) । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्ताको...

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन...

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

कर्णाली । सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी...