back
CTIZAN AD

कृषकबीच कृषिसम्बन्धी हाजिरीजवाफ

वि.सं.२०८१ चैत १९ मंगलवार

564 

shares

गण्डकी । कृषकहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाले महानगर क्षेत्रका कृषि सञ्जालहरूको सहभागितामा कृषि हाजिरीजवाफ ‘कृषि क्विज २०८१’ प्रतियोगिता गरेको छ ।

कुल ३१ समूहको सहभागिता रहेको प्रतियोगितामा वडा कृषि सञ्जाल ३०, १३ र २९ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजयीलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका सहभागी समूह सबैलाई हजारी, मालेपाटन–१ बोडी, कागुनो तथा बास्ना आउने घिराँैलाको बीउ पनि वितरण गरिएको थियो ।

प्रतियोगीलाई कृषि, पशुपालन, अनुसन्धान प्रविधि, पोखरा महानगर तथा गण्डकी प्रदेशका समसामयिक विषय समेटिएका बहुउत्तर प्रश्न, चित्रको आधारमा बहुउत्तर प्रश्न र छिटोछिटो जवाफ दिनुपर्ने ठीक बेठीक प्रश्न सोधिएको थियो । विजयीलाई प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी लगायतले पुरस्कार तथा
प्रमाणपत्र प्रदान गरेका थिए ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि विभिन्न नविनतम कार्य गर्दै आएको बताए । गत वर्ष कौशी क्वीन कार्यक्रम सञ्चालन भएको र त्यसले कौशी खेती प्रवद्र्धनमा सहयोग गरेको जनाउँदै उनले कृषि हाजिरीजवाफ प्रतियोगिताले कृषकको ज्ञान, सीप र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

महानगरले विभिन्न ३६ कृषि उपजको न्युनतम समर्थन मूल्य तोकेर स्थानीय उत्पादनको मुल्य र बजार सुनिश्चित गरेको उल्लेख गर्दै उनले दुध, मासु, तरकारी र फलफुल आत्मनिर्भर हुने गरी अगाडि बढिएको जानकारी गराए ।

गण्डकी प्रदेशका कृषि सचिव वासुदेव रेग्मीले पोखरा महानगरले कृषिका क्षेत्रमा उदाहरणीय कार्यक्रम गरेको बताउँदै सबै तह मिलरे कृषिको क्षेत्र विकासमा अघि बढनुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक एवम् महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषकहरुलाइ प्रविधि हस्तान्तरण, शसक्तिकरण, ज्ञान, सीप विस्तार तथा कृषकको समस्या समाधान गर्न पनि सहयोग पुग्ने उद्देश्यले कृषि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको बताए ।

वि.सं.२०८१ चैत १९ मंगलवार १६:३० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...