back
CTIZAN AD

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

वि.सं.२०८१ चैत १९ मंगलवार

687 

shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह तीन दशमलव ८० प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ समूह शून्य दशमलव ७४, विकास बैं्क शून्य दशमलव ९५, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ७४, जलविद्युत् शून्य दशमलव ९९ र लगानी शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ६३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव शुन्य दशमलव दुई, निर्जीवन बिमा शून्य दशमलव ३८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको रु ६४ करोड २५ लाख ६६ हजार ६२२ बराबरका छ लाख २७ हजार ३०९ कित्ता शेयर किनबेच भएका छन् ।

वि.सं.२०८१ चैत १९ मंगलवार १६:२४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...