back
CTIZAN AD

स्याङ्जामा क्रियशिल पत्रकारद्वारा सुरेश रजक हत्याको विरोध

वि.सं.२०८१ चैत १९ मंगलवार

648 

shares

स्याङ्जा । स्याङ्जामा क्रियशिल पत्रकारहरूले एभिन्यूजका पत्रकार सुरेश रजकको हत्या गरिएकोमा विरोध जनाएका छन् । पत्रकार सुरेश रजकको हत्या र सञ्चार क्षेत्रमाथि भएको आक्रमणको विरोधमा देशभरका पत्रकार महासङ्घले प्रमुख जिल्ला अधिकार मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

यही चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा पत्रकार र पत्रकारिता क्षेत्र नै निसानामा परेको भन्दै नेपाल पत्रकार महासङ्घ स्याङ्जाले जिल्ला प्रकाशन कार्यालय स्याङ्जामा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको छ ।

महासङ्घले भिडियो खिच्ने क्रममा जलेर पत्रकार रजकको ज्यान गएको, अन्नपूर्ण दैनिकको कार्यालयमा आगो लगाई क्षति पुर्‍याएको, कान्तिपुर मिडियाको भवनमा तोडफोड गरेको, हिमालयन टिभीको सवारीमा आगजनी गरेको, पत्रकार दिनेश गौतमको आक्रमणमा परि खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको घटनाप्रति महासङ्घ गम्भीर रहेको भन्दै प्रमुख जिल्ला अधिकारमार्फत नेपाल सरकार समक्ष हत्याको गहिरो अनुसन्धान गर्न माग गरेको छ ।

साथै मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, क्षति पुगेका मिडिया हाउसहरूको क्षतिपूर्ति दिन र घाइतेको उचित उपचार गर्न समेत महासङ्घले माग गरेको छ ।

वि.सं.२०८१ चैत १९ मंगलवार १६:२३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटा...

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

डिजिटल वित्तीय अनुशासन पालना गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोगसँगै बढ्दै...