back
CTIZAN AD

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान

वि.सं.२०८१ चैत २६ मंगलवार

771 

shares

काठमाडौँ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो ।

यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो । यद्यपि, आन्दोलनरत शिक्षकहरूले भने यसअघि पटक-पटक भएका सम्झौता लागु गर्न माग गर्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्तिमा शिक्षकहरूलाई २७ चैत २०८१ को बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरिएको छ।

वि.सं.२०८१ चैत २६ मंगलवार १७:०५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...