back
CTIZAN AD

साढे तीन खर्ब आन्तरिक ऋण उठाउने सरकारलाई अनुमति

वि.सं.२०८१ चैत २८ बिहीवार

726 

shares

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले साढे तीन खर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने अनुमति पाएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा सरकारले यो सुविधा पाएको हो ।

जिडिपीको ५ प्रतिशतसम्म ऋण लिन सक्ने सीमा भए पनि प्रदेश र स्थानीय तहले ऋण उठाउन नसकेमा यो सीमा ५.५ प्रतिशतसम्म पु¥याउन सकिनेछ । हालसम्म प्रदेश र स्थानीय तहले कानुनी संरचना तयार गर्न नसकेकाले ऋण उठाउन सकेका छैनन् ।

अर्थ मन्त्रालयले आगामी वर्षको लागि १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व उठ्ने अनुमान गरेको छ । यो वर्ष १३ प्रतिशतको राजस्व वृद्धिदर प्रक्षेपण गरिएको छ । ३० अर्ब अनुदान र एक खर्ब वैदेशिक ऋणको प्रक्षेपणसहित ऋण सीमा भित्रै बजेट तयार गर्न सकिने देखिन्छ ।

हाल नेपालको आन्तरिक ऋण जिडिपीको ४१ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्ष ४७ प्रतिशत थियो । विशेषज्ञहरूका अनुसार सार्वजनिक ऋणको स्तरभन्दा पनि यसको सदुपयोग महत्त्वपूर्ण हुन्छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार जिडिपीको ६० प्रतिशतसम्म ऋण स्वाभाविक मानिए पनि नेपालमा ऋणको प्रयोगमा पारदर्शिता आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

वि.सं.२०८१ चैत २८ बिहीवार १४:०० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...