back

गतवर्ष दुई लाख बढीले गरे पाथीभराको दर्शन

वि.सं.२०८२ वैशाख १ सोमवार

177 

shares
GLOBAL IME AD
NTC AD

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो समय भारतसहित विभिन्न देशबाट श्रद्धालुहरूको उल्लेखनीय आगमन भइरहेको छ । साथै, पारदर्शिता कायम राख्न मासिक विवरण प्रकाशनको अभ्यासलाई निरन्तरता दिइएको छ ।
–––

वि.सं.२०८२ वैशाख १ सोमवार १४:४४ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...