back
CTIZAN AD

वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्री सिंहको आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार

672 

shares

वीरगन्ज (पर्सा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हनुमान जयन्तीका अवसरमा भएको द्धन्द्धका कारण उत्पन्न भएको विषम परिस्थितिमा सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन् ।

हनुमान जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा तनाव सृजना गरी हिंसा भड्काउन भएका दुष्प्रयास र त्यसपछि विकसित घटनाक्रमका विषयमा सारोकार भएकासँग छलफल गरी जनजीवनलाई सहज तुल्याउन सम्बद्ध प्रशासनिक तथा प्रहरी अधिकारीहरूको निरन्तर सम्पर्क भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले आज प्रेस विज्ञप्ति जारी गरी जानकारी दिए ।

“समाजका सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायबीच एकअर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवं सहिष्णुता कायम हुनसक्ने भएकाले साम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देश गर्नुभएको छ”, प्रेस विज्ञप्तिमा भनिएको छ, “वीरगन्जमा सामाजिक सद्भाव र सहिष्णुता सुनिश्चित गर्न राजनीतिक दल, नागरिक समाज र प्रहरी प्रशासनलगायतबाट भएका गम्भीर र अर्थपूर्ण प्रयासको सराहना गर्दछु ।”

मुख्यमन्त्री सिंहलाई उद्धृत गरेर जारी प्रेस विज्ञप्तिमा देशको औद्योगिक नगरी वीरगन्ज धार्मिक तथा सांस्कृतिक विविधताको दृष्टिले अतुल्य सहर रहेको र यो मधेसको शक्ति भएकाले यसलाई कुनै पनि बहानामा भङ्ग गर्ने कार्य दुःखद्, चिन्ताजनक र दुर्भाग्यपूर्ण छ ।

यसैबीच, खानेपानीमन्त्री प्रदीप यादवले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत वीरगन्जमा शान्ति सद्भाव खलल पु¥याउने, उत्तेजना फैलाउने किसिमका अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्तिमाथि तोडफोड गर्ने, आगो लगाउने वा अभद्रता गर्ने जोकोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुनबमोजिम काम गर्न अनुरोध गरेका छन् ।

“आफ्नो सहरमा तनाव टुसाएको समयदेखि व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको सम्पर्कमा निरन्तर छु”, सामाजिक सञ्जालमा भनिएको छ, “विभिन्न समुदायका अगुवासँग समन्वय र सल्लाह गरी शान्ति स्थापित गर्ने प्रयासमा छु ।” मन्त्री यादवले वीरगन्ज क्षेत्रमा एकअर्का समुदायबीच पर्व तथा यात्रामा मिलीजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहिआएको पनि स्मरण गरेका छन् ।

“यहाँका बासिन्दाको सुझबुझ र समझदारीले गर्दा देखापर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादका माध्यमबाट समाधान गर्ने गरिएको विगत छ ।” यो महानगर सबैको साझा फूलबारी हो । यहाँ शान्ति, सद्भाव र मेलमिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी हो”, मन्त्री यादवले भने ।

पर्सा प्रहरी प्रमुख गौतम मिश्रले गत शनिबारको हनुमान जयन्तीका अवसरमा तोडफोडमा संलग्न चार जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिएको जानकारी दिए । “तोडफोडमा संलग्न दुवै समुदायका चार जना पक्राउ परेका छन् । अन्यको पनि खोजी गरिरहेका छौँ”, उनले भने, “निषेधाज्ञा तोडेर मङ्गलबार पर्सा प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने पनि दुई जना पक्राउ परेका छन् ।”

मङ्गलबार साँझमा प्रहरी कार्यालयमा निषेधाज्ञा तोड्ने क्रममा भएको प्रदर्शनीमा पर्साका तीन जना सञ्चारकर्मी घाइते भएका छन् । घाइते सञ्चारकर्मीमा अर्जुन गुप्ता, अनिल ओझा र धीरेन्द्र तिवारी घाइते रहेको नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले जनाएको छ । वीरगन्ज महानगर तथा आसपासको क्षेत्रमा प्रहरीको अनुपस्थिति भएका विभिन्न ठाउँमा आज पनि प्रदर्शनकारीले टायर बालेर विरोध गरिरहेका प्रहरीले जनाएको छ ।

 

वि.सं.२०८२ वैशाख ३ बुधवार १२:४८ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...