back
CTIZAN AD

गजल

वि.सं.२०८२ वैशाख ६ शनिवार

990 

shares

डा. देवी पन्थी, विराटनगर

सधैं तिम्रो अनुहार किन आउँछ सानु
मेरो मनमा कसले मलम लाउँछ सानु

गुलाफी तिम्रा ओठमा सुरिलो लय छ
नबोले पनि यसले मिठो गाउँछ सानु

कसैको मन पत्थर भएको बेलामा
तितो बोली बाहेक के पाउँछ सानु

तिमीलाई चाहेर आएका हामी
कुवातिर प्यासी मन सधैँ धाउँछ सानु

बहर प्रतिको अनुराग चौतर्फी सुन्छु
मेरो पनि सूचीमा ठूलो नाउँ छ सानु

बहर – अनुराग
अर्कान – मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन – १२२२ – २२ – १२२२ – २२
काफिया – आँउ
रदिफ – छ सानु

 

 

वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:३४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...