जानुका गुरागाईँ, झापा
सुखदुःखमा हामी दुई हरदम भए के चाहियो
तिम्रो मिठो मुस्कानको रमरम भए के चाहियो
आँधीहुरी आई कतै यो जिन्दगी हल्लाउँदा
चट्टानझैँ छेक्ने मेरो प्रियतम भए के चाहियो
मनमा मेरा सम्पत्तिको वैभव लिने छैनन् रहर
बहुमूल्य तिम्रो स्नेह नै अनुपम भए के चाहियो
पीडा जलन गर्दै सहन बज्ने उही सुरतालमा
तिम्रो मेरो जीवन कथा सरगम भए के चाहियो
तन,मन उज्यालो भो यसै मेरा नजिक पर्दा तिमी
यो मन बुझी खुद फेरिने मौसम भए के चाहियो
बहर – रजज मुसम्मन सालिम
अर्कान – मुस्तफइलुन मुस्तफइलुन मुस्तफइलुन मुस्तफइलुन
वजन – २२१२ – २२१२ – २२१२ – २२१२
काफिया – अम
रदिफ – भए के चाहियो
अभ्यास -स्वर्ण पाठशाला
वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:३३ मा प्रकाशित






























