back
CTIZAN AD

कविता : नयाँ वर्ष आऊ

वि.सं.२०८२ वैशाख ६ शनिवार

942 

shares

कल्पना अधिकारी, टोखा, काठमाडौं

मुना कोपिलामा रमायो वसन्त ।
सुखैश्वर्य छाओस् धरामा अनन्त।
तिमी सुस्त सुस्तै चलाएर पाउ।
लिई सोच नौलो नयाँ वर्ष आऊ।१।

सबै आङले घामको ताप पाऊन्
बिहानै उठी कोइली गीत गाऊन्
बसी ओठमा मन्द मुस्कान छाऊ
नयाँ योजनामा नयाँ वर्ष आऊ।२।

परेवा मलेवा रमून् प्रीत गाँसी।
हटाऊन् पुराना र दुर्भाव बासी।
वितृष्णा, निराशा, भगाएर हाउ ।
रमी सिर्जनामा नयाँ वर्ष आऊ।३।

गरून् बात मौरी मिठा पुष्प साथ।
सदा जिन्दगीमा उदाऊन् प्रभात।
नपाऊन् कुनै दुष्टले हेर्न दाउ ।
सुसंस्कार बोकी नयाँ वर्ष आऊ।४।

भरोसा र आशा तिमी मात्र एक
बनून् काम बाँकी रहेका हरेक।
विरामी छु सञ्जीवनी साथ आऊ।
पसी काव्यमा कल्पनाको हँसाऊ।५।

छन्द – भुजङ्गप्रयात
गण – य य य य
सङ्केत – lSS – lSS – lSS – lSS

वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:३२ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...