back
CTIZAN AD

तिमीलाई भन्थेँ नजिक छौ यो मनको (गजल)

वि.सं.२०८२ वैशाख ६ शनिवार

2K 

shares

टीकासुदिस निरौला, विराटनगर

तिमीलाई भन्थेँ नजिक छौ यो मनको
खुसी बाँड्ने एउटा भरोसा जीवनको

यी आँखा थाक्दैनन् तिमीलाई हेर्दा
कसूँ जस्तो लाग्दैछ गाँठो बन्धनको

बनायौ मायाको भिखारी झैँ आज
सधैँ कुर्दै बस्दा नजिकमा आँगनको

पुगे हुन्थ्यो धोको तिमीसाथै बाँच्ने
फगत इच्छामात्रै झुठो आश्वासनको

कथा छन् जीवनका सबै लेख्ने हुन्नन्
कहाँ पोखूँ आफ्नै दुखेसो उल्झनको

बहर – अनुराग
वजन – मफाईलुन् फैलुन् मफाईलुन् फैलुन्
वजन – १२२२ – २२ – १२२२ – २२
काफिया – अन
तहलिली रदिफ – को

 

वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:३५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...