back
CTIZAN AD

कविता : अन्तिम इच्छा

वि.सं.२०८२ वैशाख ६ शनिवार

1.1K 

shares

हरिभक्त सिग्देल ’ महेश’, काठमाडौं

।१।
शारीरिक छ यो मृत्यु आत्मा सत्य सनातन
मान्नु स्वीकार्नु नै पर्छ छन् यी अमर जीवन ।
संस्कार धर्म मान्छेका प्रचलनहरू सबै
पुस्तान्तरण यी हुन्छन् यथार्थ छैन सत्य है ।।

।२।
मृत्यु शरीरको हुन्छ आत्मा अमर कञ्चन
हुन्न काज क्रिया केही अमर आत्मरञ्जन ।
मृत्यु समयको स्थान प्रचलन भएपछि
सद्गत जसरी गर्छौ गरे हुन्छ ढलेपछि ।।

।३।
आत्मा अमर हो भन्ने बुझे मुक्त भई गयो
आत्मा यस्तो नमान्ने ऊ डर्ने मर्ने भई गयो ।
पुरानो वस्त्र त्यागेझैँ त्याग्नु शरीर सत्य छ
मर्दैन आत्मा यो सत्य शरीर आत्म भिन्न छ ।।

।४।
परिवार सबै नातागोता प्रेम भएजति
गर गर्नु सके सप्पै जीवितमै रहेजति ।
श्रद्धा दुःख छ यो दान व्यर्थ छन् मृत्युका पछि
बाल युवा सबै प्रौढ क्रमैले रोग हो गति ।।

।५।
सदावहार यो आत्मा सधैँ एक र सत्य छ
मनले सम्झना राखौँ आत्मा नै सब सत्य छ ।
शरीर नहुँदा मेरो छैनन् गर्ने कुनै पनि
हूँ अमर म यो आत्मा अविनाशी बुझे अनि ।।

छन्द – अनुष्टुप

 

वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:३५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...