back
CTIZAN AD

कविता : नयाँवर्षको शुभेच्छा

वि.सं.२०८२ वैशाख ६ शनिवार

1.1K 

shares

स्वर्ण शिखा, दाङ

।१।
घृणित भाव हटुन् नववर्षमा
ग्रह खराब कटून् नववर्षमा
हिमशिखासरि कञ्चन चित्त होस्
यश र कीर्ति सबैतिर फैलियोस्

।२।
वचन प्राञ्जल मिष्ट र शिष्ट होस्
सफल नूतन कार्य विशिस्ट होस्
असल जागृत पौरख नित्य होस्
मनुजका करबाट सुकृत्य होस्

।३।
सुख–समृद्धि निरन्तर बर्सियोस्
मन प्रफुल्ल हुँदा दुख तर्सियोस्
जन समस्त रमून नवक्रान्ति होस्
मुलकभित्र सदा सुखशान्ति होस्

।४।
कलम कोर्न सकून् नव सिर्जना
मगज रच्न सकून् शुभ व्यञ्जना
कवि बिथोल्न सकून् लघु तर्कना
सकल लोक लिऊन् समभावना

।५।
सरल जीवनको पथ भैदियोस्
गलत सङ्गतको लत छोडियोस्
सहज दैनिक बन्न सकून् क्रिया
विकल शान्त बनून् सबका हिया

।६।
मनुज उन्नतिको लतमा परून्
सकल इज्जत पद्धतिको गरून्
पर सरोस् परनिर्भरता स्वयम्
कुमनले पनि त्याग गरून् अहम्

।७।
जग सुरम्य बनोस् अति प्रीतले
भुवन गुञ्जित होस् गुण–गीतले
हृदय भुल्न सकोस् अमिलोपना
असल प्रीत फलोस् नववर्षमा

छन्द– द्रुतविलम्बित
गण – न भ भ र
सङ्केत – lll – Sll – Sll – SlS

वि.सं.२०८२ वैशाख ६ शनिवार ०५:३७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...