काठमाडौं । कुमारी बैंकले खाता खोलेर परिचयपत्रको विवरण नबुझाएका ग्राहकहरुको खाता रोक्का गर्ने भएको छ ।
बैंकले एक सूचना जारी गर्दै २०८१ माघ १ गतेपछि खाता खोलेका खातावालहरूलाई आगामी असार मसान्तसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण उपलब्ध गराउन भनेको छ ।
बैंकले त्यसयता खोलेका खातावालहरूलाई पनि ९० दिनभित्र विवरण उपलब्ध गराउन सूचनामा उल्लेख गरेको छ ।
बैंकले असार मसान्तसम्म विवरण उपलब्ध नगराएमा त्यस्ता खातावालहरुको बैंक खाता रोक्का राख्ने जनाएको छ ।
यस्तो छ सूचना :

वि.सं.२०८२ वैशाख ९ मंगलवार १३:०३ मा प्रकाशित






























