back
CTIZAN AD

महायज्ञमा एक करोड २० लाख सङ्कलन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार

1K 

shares

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २० लाख सङ्कलन भएको छ । नगरकोट भ्रमण वर्ष–२०८२ का अवसरमा धार्मिक पर्यटनको विकास गर्ने तथा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहित कल्पेश्वरधाम निर्माणका लागि उक्त महायत्र आयोजना गरिएको हो ।

चाँगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वरधाम निर्माण गर्ने र त्यही महादेवको मूर्ति स्थापना गर्ने सङ्कल्पका साथ यही वैशाख २ गतेदेखि महायज्ञ आरम्भ भएको हो । चाँगुनारायण–८ का वडाअध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीका अनुसार कलमसीमा करिब ८० रोपनी क्षेत्रफलमा महादेवको मूर्तिका साथै त्यस वरिपरि एक हजार आठ शिवलिङ्ग स्थापना गर्न लागिएको जानकारी दिए ।

उनले भने, “यस स्थानमा कल्पेश्वरधाम निर्माणका लागि गुरुयोजना निर्माण गरी करिब रु ६ करोडको लागतमा विभिन्न संरचना निर्माण भइसकेका छन् । महादेवको मूर्ति निर्माण गर्न दाताको सहयोग प्राप्त भइरहेको छ ।”

कल्पेश्वर महादेव मन्दिर नगरकोट भ्यू टावरबाट नजिकै रहेको छ । यहाँबाट काठमाडाँै उपत्यकालगायत काभ्रको नाला, बनेपा धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिन्छ । कलमसी क्षेत्र चाँगुनारायण–८, ९ र बनेपा नगरपालिका–१ को सङ्गमस्थल हो । यस क्षेत्रमा नागकुण्ड, गोसाइँकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचना रहेका छन् । यस क्षेत्र आसपास पूर्वमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठूली ब्रह्मायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मीकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रजपुरेश्वर महादेव मन्दिर रहेको छ ।

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:३८ मा प्रकाशित

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...