काठमाडौं । आज सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला एक लाख ८९ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८८ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
वि.सं.२०८२ वैशाख १५ सोमवार १३:२७ मा प्रकाशित






























