back
CTIZAN AD

स्याङ्जामा आगोलागी : चार चौपायाको मृत्यु, लाखौँको क्षति

वि.सं.२०८२ वैशाख १५ सोमवार

2.6K 

shares

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ गोगुङ्गाका ६५ वर्षीय केशर सिंह रानाको ढुङ्गा माटोले बनेको खरको दुई तले कच्ची गोठमा आगोलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार सोमबार बिहान तीन बजे अचानक आगोलागी गोठमा आगोलागी हुँदा पूर्ण रूपमा जली नष्ट भएको छ । गोठ घरदेखि करिब दुई किलोमिटर टाढा रहेको गोठभित्र एक भैँसी, तीन बाख्राको जलेर मृत्यु भएको छ ।

यस्तै सोही स्थान बस्ने ३५ वर्षीय मीनकला थापा मगरको ढुंङ्गा माटोले बनेको तीन तले कच्ची घरमा समेत आंशिक आगोलागी भएको यस्तै सूचना अधिकारी तिवारीले जानकारी दिए । घरको दोस्रो तलाको झ्यालमा आगो सल्किदा एक झ्याल, छानोमा समेत क्षति भएको छ ।

आगोलागीका दुवै घटनामा मानवीय क्षति भएको छैन । आगोलाई स्थानीय र प्रहरीको सहयोगमा बिहान पाँच बजे नियन्त्रकमा लिइएको थियो । आगलागीबाट तीन लाख बराबरको क्षति क्षति भएको छ । आगोलागीको कारण खुल्न सकेको छैन । घटनाका सन्दर्भमा अनुसन्धान जारी छ ।

वि.सं.२०८२ वैशाख १५ सोमवार १३:२९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...