
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ गोगुङ्गाका ६५ वर्षीय केशर सिंह रानाको ढुङ्गा माटोले बनेको खरको दुई तले कच्ची गोठमा आगोलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार सोमबार बिहान तीन बजे अचानक आगोलागी गोठमा आगोलागी हुँदा पूर्ण रूपमा जली नष्ट भएको छ । गोठ घरदेखि करिब दुई किलोमिटर टाढा रहेको गोठभित्र एक भैँसी, तीन बाख्राको जलेर मृत्यु भएको छ ।
यस्तै सोही स्थान बस्ने ३५ वर्षीय मीनकला थापा मगरको ढुंङ्गा माटोले बनेको तीन तले कच्ची घरमा समेत आंशिक आगोलागी भएको यस्तै सूचना अधिकारी तिवारीले जानकारी दिए । घरको दोस्रो तलाको झ्यालमा आगो सल्किदा एक झ्याल, छानोमा समेत क्षति भएको छ ।
आगोलागीका दुवै घटनामा मानवीय क्षति भएको छैन । आगोलाई स्थानीय र प्रहरीको सहयोगमा बिहान पाँच बजे नियन्त्रकमा लिइएको थियो । आगलागीबाट तीन लाख बराबरको क्षति क्षति भएको छ । आगोलागीको कारण खुल्न सकेको छैन । घटनाका सन्दर्भमा अनुसन्धान जारी छ ।
वि.सं.२०८२ वैशाख १५ सोमवार १३:२९ मा प्रकाशित