
काठमाडौँ । अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ । सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यसलाई बढाएर ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो ।
यो विधेयक प्रचण्ड नेतृत्वको सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको कार्यकालमा पुर्याएकोे थियो । प्रतिनिधि सभामा २०८० वैशाख २६मा दर्ता गरिएको यो विधेयक विषयगत समितिमा छलफलपछि २०८१ वैशाख १४ मा पुनः सभामा आएको थियो । अन्ततः मङ्गलवार प्रतिनिधि सभाबाट पारित भएको छ ।
अब विधेयक राष्ट्रिय सभामा लगिने र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याइनेछ ।
वि.सं.२०८२ वैशाख १८ बिहीवार १४:०४ मा प्रकाशित