काठमाडौं । नेपालमा प्रख्यात रहेको रियालिटी टिभी शो ‘ द भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रोशेस पाण्डेले जितेका छन् ।
आज सम्पन्न भएको द भ्वाइस अफ नेपालको फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट धादिङका पाण्डे विजेता भएका छन्
त्यस्तै कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भएका हुन भने कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए र कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भएकी हुन् ।
वर्तमान समयमा उक्त सो नेपालको कललाई विश्व माझ चिनाउने एक मात्र प्रख्यात शेको रुपमा चिनिन्छ । साथै लोक गाएकबाट चर्चा कमाएका खेम सेन्चुरीले यहि पटक भ्वाईसको कोचको रुपमा आएका थिए । सुरु सुरुमा उनको धेरै टिका टिप्पणी भएता पनि उनीले आफूलाई क्षमतालाई भ्वाइसको स्टेजमा प्रमाणित गरेका छन् ।
वि.सं.२०८२ वैशाख १९ शुक्रवार २३:२४ मा प्रकाशित






























