back

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमानमा हुने

वि.सं.२०८२ वैशाख २७ शनिवार

450 

shares
IME Limited
NTC AD

तेहरान ।  इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतवार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिएका छन् । ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने जनाएको छ ।

उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक कार्यक्रम तथा अमेरिकाद्वारा इरानमाथि लगाइएका प्रतिबन्धहरूको समीक्षा र सम्भावित हटाउने उपायहरूसम्बन्धी छलफल गर्नु हो। मन्त्री अराघचीका अनुसार इरान वार्तामा आफ्नो सिद्धान्तमा आधारित स्पष्ट र स्थिर अडानमा दृढ रहन्छ, यद्यपि अमेरिकी पक्षबाट विरोधाभासी सन्देशहरू आइरहेका छन् ।

उनले यस वार्ताअघि साउदी अरेबिया र कतारको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी पनि दिए । उनी रियाधमा क्षेत्रीय विषयहरूमा परामर्श गर्नुहुनेछ र दोहामा आयोजना हुने ‘इरान–अरब विश्व संवाद’ सम्मेलनमा सहभागी हुने तयारीमा छन् । हालसम्म इरान र अमेरिकाबीच तीन चरणका अप्रत्यक्ष वार्ता सम्पन्न भइसकेका छन्। चौथो चरणको वार्ता मे ३ मा रोममा तय गरिएको भए पनि ओमानले ुप्राविधिक कारणु देखाउँदै स्थगित गरेको थियो । (रासस/सिन्ह्वा) ।

वि.सं.२०८२ वैशाख २७ शनिवार १५:१९ मा प्रकाशित

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजा । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र...

भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

अहमदाबाद (भारत) । भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका...

होन्डाद्वारा पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षणको प्रशंसा

होन्डाद्वारा पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षणको प्रशंसा

टोकियो । जापानको दोस्रो ठूलो कार निर्माता होन्डाले अन्तरिक्ष क्षेत्रमा...

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’...

इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

गाजा सिटी (प्यालेस्टिनी क्षेत्र) । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार...

इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार

इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार

क्यानबेरा । अस्ट्रेलियाली सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार...