back
CTIZAN AD

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमानमा हुने

वि.सं.२०८२ वैशाख २७ शनिवार

933 

shares

तेहरान ।  इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतवार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिएका छन् । ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने जनाएको छ ।

उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक कार्यक्रम तथा अमेरिकाद्वारा इरानमाथि लगाइएका प्रतिबन्धहरूको समीक्षा र सम्भावित हटाउने उपायहरूसम्बन्धी छलफल गर्नु हो। मन्त्री अराघचीका अनुसार इरान वार्तामा आफ्नो सिद्धान्तमा आधारित स्पष्ट र स्थिर अडानमा दृढ रहन्छ, यद्यपि अमेरिकी पक्षबाट विरोधाभासी सन्देशहरू आइरहेका छन् ।

उनले यस वार्ताअघि साउदी अरेबिया र कतारको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी पनि दिए । उनी रियाधमा क्षेत्रीय विषयहरूमा परामर्श गर्नुहुनेछ र दोहामा आयोजना हुने ‘इरान–अरब विश्व संवाद’ सम्मेलनमा सहभागी हुने तयारीमा छन् । हालसम्म इरान र अमेरिकाबीच तीन चरणका अप्रत्यक्ष वार्ता सम्पन्न भइसकेका छन्। चौथो चरणको वार्ता मे ३ मा रोममा तय गरिएको भए पनि ओमानले ुप्राविधिक कारणु देखाउँदै स्थगित गरेको थियो । (रासस/सिन्ह्वा) ।

वि.सं.२०८२ वैशाख २७ शनिवार १५:१९ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...