back
CTIZAN AD

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

वि.सं.२०८२ वैशाख २९ सोमवार

1.7K 

shares

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ देवचुली पर्यटन पदमार्ग सम्भाव्यता अध्ययन कार्यको शुरुवात भएको छ ।

काठमाडौंमा मुख्य कार्यालय रहेको स्वराज कन्सल्टेन्सी हायर गरेर पालिकाले यो अभियानलाई अगाडि बढाएको हो ।

कन्सल्टेन्टले पनि प्रकृयालाई तदारुकताका साथ सरोकारवालाहरुको सहकार्यतामा प्रोजेक्टको डिजाइन, फिल्डस्टडी लगायत लागत स्टिमेटहरु तयार गर्दैछ । यसका लागि विभिन्न चरणका अन्तरकृया तथा स्थलगत निरीक्षणका कामहरु सम्पन्न भइसकेका छन् ।

प्रोजेक्टको डिजाईन गर्दा बफर्जाेन एरीयाको हकमा वन्यजन्तु रोकथामको लागि निर्माण भइरहेको कँक्रिट वाल सहितको मेसजालीसंगसंगै झरही खोला देखि लोकाहा खोला सम्म पदमार्ग बन्नेछ । यसको नाम ग्रिनवेल्ट हुनेछ । जहाँ पदयात्राको साथसाथै साईक्लिङ्ग र बर्ड वाचिङ्ग सहितको ईको फ्रेण्डली रुट बन्नेछ ।

रुटमा मकुण्डे खोलामा र बौलाहा खोलामा २ वटा झोलुङ्गे पुल पनि निर्माण हुनेछ । आउट अफ बफर्जाेनको हकमा विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक महत्व र मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानहरु देवचुली डाँडा, तिनकन्य माईको मन्दिर, किर्तिपुर मगर गाउँ लगायत विभिन्न वडाका स्थानहरुलाई जोडेर चक्रपथ बन्ने भएको छ ।
यो रुटमा केवल पदयात्रा मात्रा हुनेछ ।

लक्षित देवचुली पर्यटन पदमार्गले स्थानीय समुदायका बासिन्दाहरुमा स्वरोजगारको वातावरण सृजना गरि मानिसहरुको आयआर्जन वृद्धि गर्ने, समृद्ध देवचुलीको अपेक्षा गरिएको छ ।

वि.सं.२०८२ वैशाख २९ सोमवार १६:३१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...