
काठमाडौँ । लाेक गायक अर्जुन गुरुङको ‘यादमा तिम्रै’ गीत सार्बजनिक भएको छ । सोमबार अर्जुनदृष्टि म्युजिक नामक युटुव च्यानलबाट ‘यादमा तिम्रै’ गीत सार्बजनिक भएको हो ।
तिलक ओलीले एरेन्ज गरेको गीतमा पूर्णकला बिसि, विनोद गहतराज, सपना सुनाम, सुमन विश्वकर्माको स्वर छ । गहिरो प्रेम विछोडमा परिणत भएपछि व्यक्तिमा आएको प्रभावलाई गीतमा देखाउन खोजिएको छ भने चारै जना कलाकारले न्याय दिएर गीतलाई गाएका छन् ।
अर्जुन गुरुङको लय, शब्द संगीत रहेको गीतमा मास्टरिङ मिक्सिङ हेमराज डाँगीले गरेका छन् । महक स्टुडियोमा गीत रेकडिङ भएका गीतको उत्कृष्ट लय तथा शब्दले प्रत्येकको हृदय छुन्छ ।
जेनेक्स मिडियाले भिडियो छायाङ्कन तथा सम्पादन गरेको गीतमा टिकटक तथा फेसबुकमा रिल्स बनाएर राख्नेको ह्वात्तै संख्या पढ्न थालेको छ । विछोडपछि धोका पाएको प्रेम/प्रेमीले भू.पू मायामा देखाएको अद्भुत समपर्ण भावका कारण श्रोता–दर्शकमाझ गीत निक्कै लोकप्रीय हुने अपेक्षा राखिएको छ ।
वि.सं.२०८२ वैशाख २९ सोमवार १८:०० मा प्रकाशित