काठमाडौं । आज पोखरामा बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
बस नम्बर ग १ ख ३८८६ नियन्त्रण नभएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको पहरीले जनाएका छ ।
बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:२४ मा प्रकाशित






























