back
CTIZAN AD

गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार

639 

shares

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष बद्री केसीले गैरआवासीय नेपालीलाई लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ कार्यक्रममा उनले नेपालमा लगानी गर्ने सहज वातावरण अझै पनि नभएको भन्दै नेपालको आर्थिक समृद्धिका लागि एनआरएनलाई लगानीमैत्री वातावरण तयार गराउन सरकारसँग आग्रह गरे ।

“समृद्ध नेपाल बनाउन हामी गैरआवासीय नेपालीहरूले साथ दिन्छाँै । तर हाम्रा माग सम्बोधन गर्न राज्य तयार हुनुपर्छ”, उनले भने, “आर्थिक राजनीति र सामाजिक अधिकारका लागि हामीले उठाएका माग पूरा गर्न राज्यले सहयोग गरोस् । लगानीमैत्री वातावरण बनाएमा गैरआवासीय नेपालीले स्वदेशमा लगानी गरेर रोजगारी वृद्धि तथा आर्थिक विकासमा सहयोग गर्नेछन् ।” गैरआवासीय सबै नेपालीलाई छिटो र सहज रूपमा नागरिकता उपलब्ध गराउने वातावरण तय गर्नका लागि पनि केसीले सरकारसँग आग्रह गरे ।

सङ्घका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपालीले मुलुकको सामाजिक, आर्थिक विकासमा योगदान गर्दै आइरहेका भन्दै एनआरएनएमा देखिएका विविध चुनौतीहरू समाधान भएमा अझै योगदान बढ्ने बताए ।

“हामीले उठाएका मागहरू अझै पनि छायामा छन् । ती माग (एजेण्डा) कार्यान्वयनका लागि सङ्घका तर्फबाट म सरकारसँग आग्रह गर्दछु । आर्थिक विकासमा देखिएका चुनौतीसहित अन्य विषयमा ग्लोबल कन्क्लेभमा छलफल गर्ने छौँ”, उनले भने।

उपाध्यक्ष टिबी कार्कीले एनआरएनएमा पराजित समूहले अनावश्यक विरोध गर्दा समस्या पैदा भइरहेको बताए ।

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:४९ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...