back
CTIZAN AD

भूमिहीन भएको चवालीस वर्षपछि जग्गाधनी

वि.सं.२०८२ जेठ १ बिहीवार

759 

shares

राँझा (बाँके) । पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ ।

चवालीस वर्षदेखि भूमिहीन अवस्थामा रहेका कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपुर्जा प्राप्त गरेपछि जीवनमा पहिलो पटक धेरै खुसी लागेको बताए । उनले भने,“सरकारले लालपुर्जा दिएर हाम्रो आत्मलाई खुसी बनाएको छ, अब मर्दा पनि सुखले स्वास जाने भयो ।”

कोहलपुर नगरपालिका–१ का १२० भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत प्रति परिवार ३४० वर्गमिटर अर्थात् करिब एक कट्ठा जमिनको जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

स्थानीय लक्ष्मीबहादुर महतले पहिले भूमिहीन सुकुम्वासीका रूपमा रहेको आफ्नो पहिचान अब फेरिएको भन्दै खुसी व्यक्त गरे । “लामो समयसम्म भूमिहीन अवस्थामा थियौँ । अब भने जग्गा धनी भएका छौँ । हाम्रो लागि यो निकै खुसीको कुरा हो,” उनले भने, “सरकारले गरिबको पक्षमा काम गरेको अनुभूति भएको छ, सरकारले हाम्रो वर्षौंदेखिको माग पूरा गरेको छ । निकै हर्षित छौँ ।”

पुस्तौँदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी परिवारले लालपुर्जा पाएको कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले बताए । भूमिहीन वडावासीलाई लालपुर्जा वितरण गर्न पाउँदा आफूलाई समेत खुसी लागेको भन्दै उनले वडाका सबै भूमिहीन सुकुम्वासीलाई क्रमशः लालपुर्जा वितरण गर्नेगरी पहल भएको उल्लेख गरे ।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लामै पहिलो पटक कोहलपुर नगरपालिका–१ क्षेत्रका भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिएको बताए । उनका अनुसार वर्तमान सरकार गठनपछि बनेको भूमि समस्या समाधान आयोगमार्फत लुम्बिनी प्रदेशमै पहिलो पटक यहाँ लालपुर्जा वितरण गरिएको हो । समग्र देशभरकै हिसाबमा बाँके चौथो जिल्ला हो । प्रदेशअन्तर्गत लुम्बिनी प्रदेशको पहिलो जिल्ला बाँके र बाँकेमा भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने पहिलो स्थानीय तह कोहलपुर बनेको छ ।

अध्यक्ष खनालले जेठको दोस्रो सातासम्म विभिन्न स्थानीय तहका थप ९३६ जनालाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको जानकारी दिए । “कोहलपुर नगरपालिका–२, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका–१९ र २०, राप्तीसोनारी गाउँपालिका–७ र वैजनाथ–६ मा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने तयारी भएको छ”, उनले भने, “हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य छ ।”रासस

वि.सं.२०८२ जेठ १ बिहीवार ०७:३५ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...