भद्रपुर (झापा) । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । गए राति घर भत्किँदा हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हुरीले टिनको छाना भएको घरको बिमले थिचेर मगरको मृत्यु भएको हो ।
वि.सं.२०८२ जेठ १ बिहीवार ०८:१५ मा प्रकाशित






























