back
CTIZAN AD

प्रभु बैंक तथा इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

वि.सं.२०८२ जेठ ११ आइतवार

660 

shares

पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि मिति २०८२/०२/१२ मा एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

मिति २०८२/०२/१२ गते एक समारोहका बीच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत (एन.बि.सि.ओ.)– राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरुको बाक्लो आवागमन हुने गर्दछ । यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पुजाआजाको लागि विभिन्न ठाउँहरुबाट दर्शनार्थिहरुको बाक्लो उपस्थिती हुने गर्दछ । बाग्लुङमा पन्चकोट, शालिग्राम संग्राहलय तथा अन्य पर्यटकीय ठाउँहरुको अवलोकनका लागि विभिन्न ठाउँहरुबाट पनि पर्यटकहरुको आवतजावत हुने गर्दछ ।

पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्र्फट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिसोट विच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

वि.सं.२०८२ जेठ ११ आइतवार १७:०७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...