back
CTIZAN AD

माओवादी केन्द्रसँग नेपाल समाजवादी पार्टी र नेपा : राष्ट्रिय पार्टीको एकता

वि.सं.२०८२ जेठ १२ सोमवार

693 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीले एकता गर्ने भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको कार्यालयको बैठकले ती दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सोही निर्णयबमोजिम आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता हुनेछ ।

बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी बनेको निष्कर्ष निकालेको छ । गण्डकी प्रदेशको कास्कीमा पुगेपछि पहिलो चरणको अभियान सम्पन्न जानकारी दिँदै प्रवक्ता सापकोटाले अब छिट्टै पोखराबाट पूर्वतर्फ अभियान सुरू हुने बताए ।

“यो अभियान निकै नै प्रभावकारी भएको छ । जनताको उपस्थिति, आकर्षण गुणात्मक ढङ्गले बढिरहेको छ”, उनले भने, “अभियानले राष्ट्रिय एकता, जनतन्त्र, जनजीविका, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ सश्लेषण गर्न मजबुद आधार तयार गरेको छ ।”

माओवादीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको नेतृत्व पनि जोडिएको विषय सार्वजनिक भएकाले मार्गप्रशस्त गरी छानबिनमा सहयोग गर्न आग्रह गरेको छ । “स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रश्स्त गर्नुपर्ने निष्कर्ष निकालेको छ”, उनले भने ।

वि.सं.२०८२ जेठ १२ सोमवार १२:४२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...