back
CTIZAN AD

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन् : नेपाली कांग्रेस

वि.सं.२०८२ जेठ १२ सोमवार

684 

shares

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो ।

बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तार जानकारी गराएको र त्यसमा आफ्नो कुनै पनि कमिकमजोरी र गल्ती नरहेको कुरा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बताए ।

बैठकले गृहमन्त्री लेखकको कुरालाई पूर्णरूपमा विश्वास गरेर उनको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता डा महतले जानकारी गराए । साथै बैठकले भिजिट भिसा प्रकरणमा संलग्नमाथि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने मागसमेत गरेको छ ।

वि.सं.२०८२ जेठ १२ सोमवार १३:०२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...