back
CTIZAN AD

गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छः महासचिव पोखरेल

वि.सं.२०८२ जेठ १२ सोमवार

822 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरु जनविरोधी भएको बताएका छन् ।

एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि जनताका विरुद्धका गतिविधि भएको बताए । गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

“लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधि जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्नेमा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानमा सिङ्गो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्दछ,” महासचिव पोखरेलले भने । उनले गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकाले पार्टीले विशेष उत्सवका रूपमा मनाउन लागिएको बताए ।

एमालेले गणतन्त्र दिवसलाई विविध कार्यक्रमको आयोजना गरी उत्सवका रूपमा मनाउन आमजनसमुदायलाई आह्वानसमेत गरेको छ । महासचिव पोखरेलले प्रदेश कमिटी र जिल्ला कमिटीले विभिन्न सङ्घसंस्थालाई गणतन्त्र दिवस उत्सवका रूपमा मनाउनका लागि विविध प्रकारका रचनात्मक कार्यक्रम आयोजना गर्न प्रेरित गर्नेसमेत बताए । उनले आवश्यकताअनुसार उपत्यकाको हकमा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रदेश तथा जिल्लाले नेतृत्वलाई परिचालन गरिने जानकारी दिए ।

वि.सं.२०८२ जेठ १२ सोमवार १३:१० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...