back
CTIZAN AD

अनुसन्धान टोलीको निष्कर्ष : नाम्खामा तीन हिमताल

वि.सं.२०८२ जेठ १२ सोमवार

522 

shares

अदानचुली (हुम्ला) । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँको बाढी पहिराका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलीले दुईवटा नभई तीनवटा हिमताल रहेको निष्कर्ष निकालेको छ ।

जेठ १ गते गएको बाढीपहिराका कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जिओेलोजिस्ट शिवकुमार बास्कोटा नेतृत्वको तीन सदस्यीय टोलीले पाँच हजार तीन सय ५० उचाइमा तीनवटा हिमताल भेटिएको निष्कर्ष निकालेको हो ।

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी रहेका छन् ।

पहिरो आएलगत्तै त्यहाँका स्थानीय हिमताल फुटेको ठाउँमा जाँदा दुईवटा हिमताल फुटेको बताएका थिए तर आइतबार बिहान उक्त स्थानमा गएको टोलीले दुईवटा हिमताल नभई तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले बताउनुभयो ।

यही जेठ १ गते राति एक्कासि बाढी आउँदा नाम्खा गाउँपालिका–६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो । बाढीले १८ घरपरिवार विस्थापित भएका थिए । हिमालमा रहेका दुईवटा हिमपोखरीबाट चुहिएको पानीले बाढीको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वि.सं.२०८२ जेठ १२ सोमवार १६:३७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...