back
CTIZAN AD

प्रेस सेन्टरले देशैभरी २३औं कृष्ण सेन स्मृति दिवस मनाउँदै

वि.सं.२०८२ जेठ १२ सोमवार

522 

shares

काठमाडौं । प्रेस सेन्टर नेपालले २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदैछ । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औं सेन स्मृति दिवस मनाउन लागेको हो ।

जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा प्रहरीले २०५९ जेठ १३ गते पत्रकार कृष्ण सेनको हत्या गरेको थियो । उनको हत्या भएको दिन हरेक वर्षको जेठ १३ गतेलाई प्रेस सेन्टरले सेन स्मृति दिवसको रुपमा मनाउने गरेको छ ।

सेन्टरको केन्द्रीय समितिले मंगलबार काठमाडौंमा २३औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ । सोमबार संगठनका महासचिव मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर केन्द्रीय समितिको आयोजना र उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको सहभागितामा कार्यक्रम गर्न लागिएको जानकारी गराएका छन् ।

काठमाडौंको बिजुलीबजारस्थित कृष्टल पार्टी भेन्यूमा विहान ११ बजे आयोजित कार्यक्रम दुई चरणको हुने संगठनले जनाएको छ । ‘दुई चरणमा गरिने कार्यक्रमको पहिलो चरणमा कृष्ण सेन ‘इच्छुक’बारे प्रेस सेन्टर नेपालले तयार पारेको भिडियो सामाग्री प्रशारण गरिनेछ’, प्रेस नोटमा भनिएको छ ।

दोस्रो चरणमा पिसिएन संवाद हुने र सो संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ बारे वक्ताहरुसँग संवाद गरिने सेन्टरले जनाएकोछ । कार्यक्रममा प्रेस सेन्टर नेपालले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार घोषणासमेत गरिने महासचिव घर्तीमगरले जानकारी दिए ।

प्रेस सेन्टरले काठमाडौंमा आयोजित कार्यक्रममा सहभागिताका लागि संगठनका पूर्वअध्यक्ष तथा संयोजकहरु, संस्थापकहरु, पूर्वसल्लाहकार, पूर्वपदाधिकारी तथा सदस्यहरु, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, समितिका पदाधिकारी तथा सदस्यहरु, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश, प्रदेश अन्तर्गतका जिल्ला समिति तथा शाखाका पदाधिकारी तथा सदस्यहरु, संगठनका सदस्य, शुभेच्छुकहरु र सम्पूर्ण पत्रकारहरुलाई आग्रह गरेको छ ।

महासचिव घर्तीमगरले प्रेस सेन्टरले प्रदेश समिति, जिल्ला तथा शाखा र पालिका समितिहरुबाट सेनको विचार, गणतन्त्रसहितको राजनीतिक परिवर्तन, जनपक्षीय पत्रकारिताका विषयलाई केन्द्रविन्दुमा राखेर विविध कार्यक्रम गरेर देशैभर २३औं सेन स्मृति दिवस मनाइने जानकारी दिएका छन् ।

वि.सं.२०८२ जेठ १२ सोमवार १६:४१ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...