back

बेल्जियममा नेपाल प्रवर्धन, अभियानको सहभागिता 

वि.सं.२०७४ जेठ २१ आइतवार

651 

shares
GLOBAL IME AD
NTC AD

nepal-promotion-in-belgium-2074-1
लुभेन, बेल्जियम ३ जुन २०१७ का दिन बेल्जियमको लुभेन नगरस्थित डि ब्रूल पार्कमा २९ वर्षदेखि वर्षेनी मनाउदै आइरहेको ‘वर्ल्ड फेस्टिवल’  कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

मेलामा लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको प्रतिनिधित्व गर्दै भगवान बुद्धका शान्ति र अहिंसाको सन्देशहरुको प्रदर्शन गर्दै नेपालका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गर्ने उद्देश्यले एउटा इन्फोरमेसन स्टल राखेर सहभागिता जनाएको थियो ।

भियानले नेपालको पर्यटन प्रवर्धन गर्न हजारौं मानिसहरुले भ्रमण र अवलोकन गरेको उक्त मेलामा आफ्नो इन्फोरमेसन स्टलमा बुद्धको जिवनिसंग सम्बन्धित नेपालमा भएका सम्पदाहरुको बारेका लुम्बिनी विकाश कोषबाट प्राप्त जानकारीमुलक ब्रोसरहरु र नेपाली राजदुतावास, बेल्जियमबाट प्राप्त ब्रोसर तथा पोस्टरहरु निशुल्क वितरण गरेको थियो । उक्त अवसरमा अभियानले नेपालका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको बारेमा निर्माण गरिएका विभिन्न वृतचित्रहरुको लगातार प्रदर्शन गरेर नेपालको बारेमा थप जानकारी दिलाउने कार्य गर्यो ।

nepal-promotion-in-belgium-2074-3

इन्फोरमेसन स्टलको भ्रमणको लागि अभियानले गरेको निमन्त्रणामा बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत लोकबहादुर थापाले इन्फोरमेसन स्टलको भ्रमण तथा अवलोकन गर्नुभएको थियो । त्यसरी नै भ्रमण तथा अवलोकन गर्नेहरुमा बेल्जियमका लागि नेपालका तर्फबाट अवैतनिक कन्सुल रोजर दि ग्रोएन, बेल्जियमकी पूर्व सिनेटर तथा संघीय संसदकि सांसद इल्स भान हूफ तथा लुभेन नगरपालिका उप प्रमुख तथा सांस्कृतिक विभाग प्रमुख डेनिसे वन्देवॊर्त हुनुहुन्थ्यो । स्टलमा भ्रमण गर्नुहुने विशिष्ठ अतिथिहरुलाई अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्यले हार्दिक स्वागत गर्नुभएको थियो ।

nepal-promotion-in-belgium-2074-2

उक्त स्टल व्यवस्थापन कार्यमा अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्य, महासचिव नन्द राज घले, कार्यकारी सदस्यहरु योगिता थापा, अनिल थापा र सीमा सुवेदी सलग्न रहनुभएको थियो । मेला वर्ल्ड फेस्टिवल नामक सस्थाको आयोजना तथा लुभेन नगरपालिका र भ्लाम्स ब्राबांट प्रोभिन्सको सहयोगमा भएको थियो ।

वि.सं.२०७४ जेठ २१ आइतवार ११:४५ मा प्रकाशित

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज्...

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा )...

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको पुरानो संस्था "बाल्टिमोर एसोसिएसन अफ...

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिका । अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार...