back
CTIZAN AD

बेल्जियममा नेपाल प्रवर्धन, अभियानको सहभागिता 

वि.सं.२०७४ जेठ २१ आइतवार

1.1K 

shares

nepal-promotion-in-belgium-2074-1
लुभेन, बेल्जियम ३ जुन २०१७ का दिन बेल्जियमको लुभेन नगरस्थित डि ब्रूल पार्कमा २९ वर्षदेखि वर्षेनी मनाउदै आइरहेको ‘वर्ल्ड फेस्टिवल’  कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

मेलामा लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले नेपालको प्रतिनिधित्व गर्दै भगवान बुद्धका शान्ति र अहिंसाको सन्देशहरुको प्रदर्शन गर्दै नेपालका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गर्ने उद्देश्यले एउटा इन्फोरमेसन स्टल राखेर सहभागिता जनाएको थियो ।

भियानले नेपालको पर्यटन प्रवर्धन गर्न हजारौं मानिसहरुले भ्रमण र अवलोकन गरेको उक्त मेलामा आफ्नो इन्फोरमेसन स्टलमा बुद्धको जिवनिसंग सम्बन्धित नेपालमा भएका सम्पदाहरुको बारेका लुम्बिनी विकाश कोषबाट प्राप्त जानकारीमुलक ब्रोसरहरु र नेपाली राजदुतावास, बेल्जियमबाट प्राप्त ब्रोसर तथा पोस्टरहरु निशुल्क वितरण गरेको थियो । उक्त अवसरमा अभियानले नेपालका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको बारेमा निर्माण गरिएका विभिन्न वृतचित्रहरुको लगातार प्रदर्शन गरेर नेपालको बारेमा थप जानकारी दिलाउने कार्य गर्यो ।

nepal-promotion-in-belgium-2074-3

इन्फोरमेसन स्टलको भ्रमणको लागि अभियानले गरेको निमन्त्रणामा बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत लोकबहादुर थापाले इन्फोरमेसन स्टलको भ्रमण तथा अवलोकन गर्नुभएको थियो । त्यसरी नै भ्रमण तथा अवलोकन गर्नेहरुमा बेल्जियमका लागि नेपालका तर्फबाट अवैतनिक कन्सुल रोजर दि ग्रोएन, बेल्जियमकी पूर्व सिनेटर तथा संघीय संसदकि सांसद इल्स भान हूफ तथा लुभेन नगरपालिका उप प्रमुख तथा सांस्कृतिक विभाग प्रमुख डेनिसे वन्देवॊर्त हुनुहुन्थ्यो । स्टलमा भ्रमण गर्नुहुने विशिष्ठ अतिथिहरुलाई अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्यले हार्दिक स्वागत गर्नुभएको थियो ।

nepal-promotion-in-belgium-2074-2

उक्त स्टल व्यवस्थापन कार्यमा अभियानका अध्यक्ष दामोदरप्रसाद आचार्य, महासचिव नन्द राज घले, कार्यकारी सदस्यहरु योगिता थापा, अनिल थापा र सीमा सुवेदी सलग्न रहनुभएको थियो । मेला वर्ल्ड फेस्टिवल नामक सस्थाको आयोजना तथा लुभेन नगरपालिका र भ्लाम्स ब्राबांट प्रोभिन्सको सहयोगमा भएको थियो ।

वि.सं.२०७४ जेठ २१ आइतवार ११:४५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...