back
CTIZAN AD

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

वि.सं.२०८२ जेठ १३ मंगलवार

714 

shares

काठमाडौं । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले पाँच स्वर्णसहित १० पदक जितेका छन् ।

नेपालले थप एक रजत र चार कास्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम)का खेलाडीले सर्वाधिक चार स्वर्ण र एक कास्य जिते । प्रतियोगितामा पामबाट पाँच खेलाडी सहभागी भएकोमा सबैले पदक चुमे । पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान खत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कास्य हात पारे ।

प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् ।

प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए । बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कास्यसाथ टिम च्याम्पियन बन्यो । सांकेतिक फोटो

वि.सं.२०८२ जेठ १३ मंगलवार १४:१३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...