back
CTIZAN AD

बजेटमा समेटिए गण्डकीका योजना

वि.सं.२०८२ जेठ १६ शुक्रवार

1.8K 

shares

गण्डकी । सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम समावेश छन् ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न गर्न रु आठ अर्ब ५२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडलले उल्लेख गरे । पर्यटन प्रवर्द्धन तथा आर्थिक क्रियाकलापका दृष्टिले महत्त्वपूर्ण मानिएको पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने भएको छ । सालझण्डी–ढोरपाटन सडक निर्माणलाई पनि तीव्रता दिइने उल्लेख छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने अर्थमन्त्री पौडेलले बताए । वीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माणका लागि निजी क्षेत्रलाई सहजीकरण गरिने बजेटमा उल्लेख छ । हिमालपारिको जिल्ला मुस्ताङमा उच्च पर्वतीय खेलकुद रङ्गशाला निर्माण गरिने भएको छ । लामो समयदेखि चर्चामा रहेको ढोरपाटनको उत्तरगङ्गा जलाशयुक्त जलविद्युत् आयोजनाको लगानी ढाँचा निर्धारण गरी निर्माणकार्य सुरु गरिने अर्थमन्त्री पौडेलले उल्लेख गरे ।

बुढीगण्डकी जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण गरिने भएको छ । उक्त आयोजना सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरिने अर्थमन्त्री पौडेलले बताए । यस्तै तनहुँको सेती जलविद्युत् आयोजना सरकारको लगानीमा निर्माण गरिने बजेटमा उल्लेख छ । सम्भाव्यता अध्ययन भइसकेको कास्कीको हेम्जाबाट नयाँ पुलसम्मको सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरिने जनाइएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने यस क्षेत्रका आकर्षक गन्तव्यस्थलमा पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । कालीगण्डकीलगायत नदीमा जलविहारलगायत पर्यटन प्रवर्द्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने अर्थमन्त्री पौडेलले बताए । प्रसिद्ध धार्मिकस्थल मुस्ताङको मुक्तिनाथमा पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिने बजेटमा उल्लेख छ ।

 

वि.सं.२०८२ जेठ १६ शुक्रवार ०८:०४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...