back
CTIZAN AD

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

वि.सं.२०८२ जेठ १६ शुक्रवार

1.7K 

shares

काठमाडौं । गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले नेपाली गीतसङ्गीत क्षेत्रका चार विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त सम्मान तथा पुरस्कार यही जेठ २७ गते स्वर्गीय प्रधानकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा आयोजना गरिने प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले जानकारी दिइन् । उनका अनुसार प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

“यस वर्षको सम्मान तथा पुरस्कार गायक प्रधानकै जिल्लामा दिने तयारी छ । उहाँको सम्झनामा गीतसङ्गीतमा आफ्नो जीवन समर्पित गरेकालाई थोरै भए पनि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ”, कोषाध्यक्ष मास्केले भनिन् ।

यस वर्षको ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान– २०८२’ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । उनलाई सम्मानसँगै रु एक लाख एक हजार नगद राशि प्रदान गरिने छ ।

त्यसैगरी, ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङ्गीत सम्मान –२०८२’ बाट वरिष्ठ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढली र गायक सुरजकुमार थापालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु ५० हजार एक रहेको छ ।

यसैगरी, सिन्धुपाल्चोक निवासी प्रतिभावान गायक चन्द्रसिं घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिनेछ । यस पुरस्कारको राशि रु २५ हजार एक रहेको प्रतिष्ठानकी कोषाध्यक्ष मास्केले जानकारी दिइन् । नेपाली सङ्गीत क्षेत्रमा योगदान पु¥याएका स्रष्टालाई सम्मानित गर्दै आएको प्रतिष्ठानले यस वर्ष पनि विभिन्न विधामा योगदान दिने कलाकारलाई छनोट गरी सम्मान गर्न लागेको हो ।

वि.सं.२०८२ जेठ १६ शुक्रवार ११:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...