back
CTIZAN AD

सभामुखले बोलाए परामर्श समितिको बैठक

वि.सं.२०८२ जेठ १६ शुक्रवार

675 

shares

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक मध्याह्न १२ बजे बोलाइएको छ । त्यसअघि ११ बजे सभामुख घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।

छलफल तथा बैठक संसदको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै उनको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरुले आजबाट अवरोधको कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् । त्यसैले संसदको अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेले छलफल तथा बैठक बोलाएको बताइएको छ ।

वि.सं.२०८२ जेठ १६ शुक्रवार ११:२४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...