back
CTIZAN AD

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाउन आँधीखोलाले दियो सार्वजनिक बिदा

वि.सं.२०८२ जेठ २० मंगलवार

1.6K 

shares

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधवार अर्थात जेठ २१ गते पर्न गएको ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस’को अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष विश्वनाथ पौडेलले बताए ।

उनले आँधीखोला निवासीलाई दिवसको अवसरमा शुभकामना दिँदै भेदभाव तथा छुवाछुत उन्मूलनमा पालिका पूर्ण प्रतिबद्ध रहेको बताए ।

पालिकामा बसोवास गर्ने दलित तथा उत्पीडित समुदायको भावनालाई आत्मसाथ गर्दै गाउँपालिकाको सोह्रौं गाउँ सभाको निर्णय अनुसार पालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं नीजि शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा वाहेक) र अन्य संघ संस्थाहरुमा जेठ २१ गते स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको अध्यक्ष पौडेलको भनाइ छ ।

‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णय गर्ने स्याङ्जाका पालिकाहरु मध्ये आँधीखोला पहिलो पालिका हो ।

आँधीखोला गाउँपालिकाका दलित समुदायले पालिकाले आफूहरुको भवना बुझेकोमा अध्यक्ष विश्वनाथ पौडेललाई धन्यवाद दिएका छन् । उनीहरुले जातिय छुवाछुत सम्बन्धि बनेको नियमकानून पनि अध्यक्ष पौडेलकै अग्रसरतामा कार्यन्वयन हुनेमा आसावादी भएको बताएका छन् ।

वि.सं.२०८२ जेठ २० मंगलवार ११:५६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...