back
CTIZAN AD

नगरपालिकाद्वारा महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा

वि.सं.२०८२ जेठ २० मंगलवार

561 

shares

खोटाङ । यहाँको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पारित गरेको ‘बङ्गुर प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी वितरण गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिए । “नगरवासीलाई बङ्गुरपालन व्यवसाय गराउन १६ घरपरिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । दुई लाख बराबरको खोर बनाएका घरपरिवारलाई नगरपालिकाका तर्फबाट एक लाख २० हजार अनुदान दिइएको छ”, उनले भने, “अनुदानमा खोर बनाएका घरपरिवारलाई दुईवटाको दरले बङ्गुरको पाठापाठी उपलब्ध गराएका छौँ । पशु प्राविधिकमार्फत परामर्श तथा औषधि उपचारसमेत उपलब्ध गराउने गरिएको छ ।”

नगरपालिकाबाट गठित छनोट समितिको सिफारिसमा ६८ घरपरिवारलाई एक/एकवटा बङ्गुरको पाठा उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिए । करुणा फाउनडेसनको सहयोगमा १५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी अपाङ्गता भएका घरपरिवारलाई उपलब्ध गराइएको हो ।

नगरसभाबाट रु १२ लाख ५० हजार बजेट विनियोजन गरी बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न आवेदन आह्वान गरेको थियो । नगरपालिकाले कृषि, पशु तथा उद्यम गर्न चाहनेलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले यसअघि उन्नत जातका १०० वटा भैँसी वितरण गरिसकेको छ ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकाले नगरबासीलाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेको थियो ।

विशेषगरी वैदेशिक रोजगारीमा जाने युवालाई आफ्नै ठाउँमा रोजगार बनाउन व्यावसायिक कृषि तथा पशुपालनमा अनुदान दिने व्यवस्था गरेको नगरप्रमुख विमला राईले बताइन् । उनले भनिन्, “हाम्रो नगरपालिकालाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउने योजना छ ।”रासस

 

वि.सं.२०८२ जेठ २० मंगलवार १३:१७ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...